arin enterprises

फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन जारी

SamacharDesk | २०८० आषाढ १७, आइतबार

फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन आज पनि जारी रहेको छ ।

फ्रान्सको राजधानी पेरिसको उपनगरमा प्रहरीद्धारा एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन भईरहेको हो ।

गत मंगलबार साँझदेखि सुरु भएको हिंसात्मक प्रदर्शनीमा हालसम्म पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामा लगायतका शहरमा प्रर्दशनकारीले करिब साढे ५ सय भवन र करिब ८ सय सवारी साधनमा आगजनी गरिएको छ ।

प्रदर्शनका क्रममा करिब २ सय ४० जना प्रहरी घाइते भएका छन् भने ८ सय ७५ भन्दा बढी प्रर्दशनकारीलाई पक्राउ गरिएको गृहमन्त्री जेरार्ड डार्मानिनले जानकारी दिए ।

मंगलबार बिहान पेरिस उपनगर नँतेयरमा एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा नाहिललाई गोली हानेका थिए । प्रहरीले सुरुमा नाहेलले प्रहरीलाई कार चलाउँदै आएर गोली हानेको रिपोर्ट गरेको थियो ।

तर, घटनाको सत्यतथ्य नियाल्न जाँच गरिएको भिडियोले त्यसलाई गलत साबित गरिदिएको थियो । उनलाई गोली प्रहार गर्नुको कारण प्रहरी आप्रवासीप्रति क्रुर बनेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।

फ्रान्सका दर्जन भन्दा बढी शहरमा प्रहरी र प्रर्दशनकारीबीच हिंसात्मक प्रदर्शनी भएपछि करिब ४० हजार राष्ट्रिय प्रहरीका साथ केही नगर प्रहरी, पारा मिलिटरी र आतंककारीविरुद्ध लड्ने अत्याधुनिक हतियार र ट्यांकले सुसज्जित केही अर्ध सैनिक बल (बीआरआई) समेत विभिन्न शहरमा परिचालित गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय