चीनको रासायनिक कारखानामा विष्फोट
SamacharDesk | २०८० आषाढ १७, आइतबार

चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ ।
शनिबार दिउँसो चियांसी छियान थाइ केमिकल कारखानामा विष्फोट भएको हो । विष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् ।
सामाजिक सञ्जालमा भने विष्फोटपछिको दृष्य निकै भाइरल भएको छ । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको थियो ।
कारखानाभित्र प्रज्वलनशिल पदार्थमा आगो लाग्दा घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगलागीपछि कारखाना आसपासका बस्तीबाट मानिसहरुलाई अन्यत्र सारिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय