हनुमानढोकामा सवारी साधन निषेध
SamacharDesk | २०८० आषाढ १९, मंगलबार

विश्व सम्पदामा सुचीकृत हनुमानढोका परिसरभित्र सवारी साधन प्रवेश निषेध गरेको छ ।
महानगर प्रमुख मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत उक्त कुराका जानकारी दिएको हो । महानगरले सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत भनेको छ, काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् ।
विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् ।
वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ ।
यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।
Categorized in स्थानीय