arin enterprises

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने

SamacharDesk | २०८० आषाढ २०, बुधबार

गत वैशाख ६ गते श्वास प्रश्वासमा खराबी भएपछि भारतमा उपचार गर्न जानु भएको राष्ट्रपति रामचन्द्र पौडेलेको उपचार खर्च सरकारले नै व्यहोर्ने भएको छ ।

१२ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । नेपालमा उपचार सम्भव हुँदा हुँदै उपचारका लागि भारत गएको भनी आलोचना भएपछि गत बैशाख १९ गते राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने बताएका थिए ।

तर मन्त्रिपरिषद वैठकले उपचारका लागि जाँदा आउँदाको खर्चदेखि अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार परराष्ट्र मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालयलाई लेखेको पत्र समेत सार्वजनिक भईसकेको छ । राष्ट्रपति पौडेल गत बैशाख ६ गते श्वास प्रश्वास सम्बन्धि उपचारका लागि हवाई एम्बुलेन्सबाट भारत जानु भएको थियो ।

वैशाख १७ गते उहाँ स्वदेश फर्कनु भएको थियो । सामाजिक संजालमा पौडेलेको चर्को आलोचना भएपछि उहाँका प्रेस सल्लाहकारहरुले भारत भएको उपचार खर्च राष्ट्रपति पौडेले आफैंले ब्यहोर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

परराष्ट्र मन्त्रालयले अर्थलाई लेखेको पत्रमा राष्ट्रपति पौडेलसंग उहाँकी पत्नी सविता पौडेल, छोरा चिन्तन पौडेल, छोरीपट्टीका दुई नाति, शिष्टाचार महापाल, परराष्ट्रका अधिकृत, सुरक्षाकर्मी र सहयोगी समेत ११ जना दिल्ली गएको पनि उल्लेख छ ।

Categorized in राष्ट्रिय