arin enterprises

कोहली र रोहित बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २१, बिहिबार

भारतीय क्रिकेटका पुर्व कप्तान विराट कोहली र नियमित कप्तान रोहित शर्मा बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा गरिएको छ ।

वेस्ट इन्डिजसँगको पाँच खेलको टी–ट्वान्टी सिरिजाका लागि १५ सदस्यिय भारतीय टोलीको घोषणा गरिएको हो । हार्दिक पान्ड्याको कप्तानीमा यस टोलीको घोषणा भएको हो ।

कोहली र शर्मा नअटाएको उक्त टी–ट्वान्टी टोलीमा युवा ब्याटरहरु यशस्वी जैसवाल र तिलक वर्माले पहिलो पटकस्थान बनाएका छन् ।

टेस्ट तथा ओडीआई टोलीमा समेत रहेका मुकेश कुमारलाई टी–ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा समेत समावेश गरिएको छ ।

सन्जु सामसन विकेटकिपरको रुपमा टोलीमा पुनरागमन गरेका छन् ।

घरेलु मैदानमा न्युजिल्यान्डविरुद्धको पछिल्लो शृंखलामा ब्याकअप विकेटकिपरका रुपमा रहेका जितेश शर्माले भने टोलीमा स्थान पाएका छैनन् ।

भारतीय टोली

हार्दिक पांड्या (कप्तान), इशान किशन (विकेटकिपर), शुभमन गिल, यशस्वी जैसवाल, तिलक वर्मा, सूर्य कुमार यादव, सन्जू सामसन (विकेटकीपर), अक्षर पटेल, युजभेन्द्र चहल, कुलदीप यादव, रवि बिश्नोई, अर्शदीप सिंह, उमरन मलिक, आवेश खान, मुकेश कुमार

Categorized in स्पाेर्ट्स