arin enterprises

एसईई नतिजा सार्वजनिक

SamacharDesk | २०८० आषाढ २१, बिहिबार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको  छ । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए । 

प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी संख्याको ४.६३ प्रतिशत हो । यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी संख्या ५५ हजार ६९ छ । यो कुल विद्यार्थी संख्याको ११.६३ प्रतिशत हो ।

यस्तै २.८० देखि ३.२ जिपिए ल्याउने ७२ हजार ३६२ रहेका छन् । यो कुल विद्यार्थी संख्याको १४.९२ प्रतिशत हो । यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थी संख्या ८९ हजार ३३१ रहेको छ ।

यो कुल  विद्यार्थी संख्याको १८.४२ प्रतिशत हो । २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको संख्या एक लाख दुई हजार २९३  रहेको छ । यो कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत हो । १.६ देखि २ जिपिए ल्याउने विद्यार्थीको संख्या ८८ हजार ४४७ रहेको छ । यो कुल विद्यार्थी संख्याको १८.२४ प्रतिशत हो ।

त्यसैगरी १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ७७० रहेको छ । यो कुल  विद्यार्थी संख्याको ७.९९ प्रतिशत हो । यस्तै ०.८ देखि १.२ जिपिए ल्याउने विद्यार्थी संख्या दुई हजार २०० रहेको छ ।

यो कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो । यस्तै, १३ हजार ९९२ विद्यार्थी अनुपस्थित वा एउटा कुनै विषय मात्र दिएका मध्ये रहेको परीक्षा बोर्डले जनाएको छ ।

यो कुल विद्यार्थी संख्याको २.८९ प्रतिशत हो । बोर्डले विगतका वर्षहरुमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रुपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको जनाएको छ ।

त्यस्तै विद्यालय र कक्षाकोठाको अवस्था सुधार र परीक्षा प्रणालीमा आएको सुधारका कारण पनि नतिजा राम्रो आएको उनको दाबी छ ।

माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजामा गत वर्ष भन्दा सुधार बोर्डले बताएको छ ।

Categorized in राष्ट्रिय