arin enterprises

चेल्सीका कप्तान सिजर एट्लेटिको म्याड्रिडमा आवद्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २२, शुक्रबार

चेल्सीका कप्तान सिजर एजपिलिकुएटाले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग सम्झौता गरेका छन् ।

उनले लण्डन क्लबसँगको ११ वर्षको यात्रामा पूर्णविराम लगाउदै एट्लेटिकोसँग एक बर्षको सम्झौता गरेका हुन् ।

३३ वर्षिय स्पेनिस डिफेन्डर सिजरले बाल्यकालको क्लब ओसासुनाबाट करियर सुरु गरेका थिए । उनले दुई वर्ष मार्सेलीमा बिताए । त्यसपछि उनी सन् २०१२ मा साढे ६ मिलियन पाउण्डमा चेल्सी आएका थिए ।

उनले स्टारफोर्ड ब्रिजमा सबै उपाधि हात पारेका छन् ।

उनी चेल्सीका ती ६ खेलाडी मध्यका एक हुन्, जसले प्रिमियर लिग, एफ ए कप, लिग कप, च्याम्पियन्स लिग, सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् । उनले दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि जिते ।

सजरले सन् २०१५ मा जोसो माउरिन्होको नेतृत्वमा प्रिमियर लिग जितेका थिए । त्यसपछि २०१७ मा एन्टोनियो कोन्टेको नेतृत्वमा सो उपलब्धी पूनः जितेका थिए । उनी कप्तानको रुपमा च्याम्पियन्स लिग जित्ने दोस्रो कप्तान हुन् ।

सिजर सन् २०२२ मा दुई वर्षको सम्झौता थप्नुअघि बार्सिलोनासँग समेत आवद्ध भएका थिए । चेल्सीसँग उनको १२ महिनाको सम्झौता बाँकी रहेको थियो ।

नयाँ प्रशिक्षक मौरिसियो पोचिटिनो नेतृत्वमा आएपछि क्लब छाड्ने उनी पछिल्लो सिनियर खेलाडी हुन् ।

त्यसअघि चेल्सीले केही ठुला नामहरु काइ हर्भाट्जलाई आर्सनलमा, माटे कोभिसिसलाई म्यानचेस्टर सिटीमा र मासन माउन्टलाई म्यानचेस्टर युनाईटेडमा बेचेको छ ।

Categorized in स्पाेर्ट्स