arin enterprises

म्यानचेस्टर युनाईटेड छाड्ने डि गियाको घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २४, आइतबार

इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन् ।

३२ वर्षीय डि गियाले नयाँ चुनौती लिने सही समय आएको बताउँदै म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन् । युनाईटेडमा १२ वर्ष बिताएका गोलकिपर जुनको अन्त्यसँगै बजारमा निशुल्क उपलब्ध हुनेछन् ।

युनाईटेडका प्रशिक्षक इरिक टेन हगले इन्टर मिलानका गोलकिपर एन्ड्रे ओनाना क्लबमा आउने आशा ब्यक्त गरेपछि डि गियाको यस्तो घोषणा आएको हो ।

सुरुवातमा क्लब र डि गियाबीच सम्झौता नविकरणका लागि सहमती बनेपनि सो सहमती पछि परिवर्तन भएको बताईएको छ । अहिले उनी साउदी क्लबसँग जोडिएका छन् ।

डि गियाले एट्लेटिको म्याड्रिडबाट करियर सुरु गरेका थिए । उनी सन् २०११ मा करिब १९ मिलियन पाउण्डमा युनाईटेड आएका थिए ।

उनले ५ सय ४५ खेल युनाईटेडका लागि खेलेका थिए । जसमा कीर्तिमानी १ सय ९० क्लिन चिट रहेको थियो ।

उनले युनाईटेडबाट प्रिमियर लिग, एफ ए कप, युरोपा लिग र दुई कारबाओ कप जितेका छन् । युनाईटेडका चार पटकका प्लेयर अफ द इयर डि गियाले गत सिजन दोस्रो पटक गोल्डेन ग्लोभ्स जितेका थिए ।

Categorized in स्पाेर्ट्स