इंल्याण्डलाई युरो यू–२१ च्याम्पियनसिपको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २४, आइतबार

इंल्याण्डले युरो यू–२१ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोलले हराउँदै इंल्याण्डले यू–२१ फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
पहिलो हाफको इन्जुरी समयमा कार्टिस जोन्सले इंल्याण्डको लागि निर्णायक गोल गरे । इंल्याण्डले लगभग ४० वर्षको समयमा पहिलो पटक यो युरोपेली उपाधि हात पारेको हो ।
जेम्स ट्राफर्डले अन्तिम मिनेटमा पेनाल्टी जोगाएपछि इंल्याण्डले स्पेनलाई हराएको हो ।
स्पेनले प्रतियोगितामा १३ गोल गरेको थियो । रुइजको गोल अफ साइड हुनु र अन्तिम समयमा प्राप्त पेनाल्टीमा असफल भएपछि स्पेन प्रतियोगिताको उपाधि जित्नबाट बञ्चित बन्यो ।
Categorized in स्पाेर्ट्स