दक्षिण कोरियाली खेलाडि लि काङ्ग इन पीएसजीमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २४, आइतबार

दक्षिण कोरियाली मिडफिल्डर लि काङ्ग इनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अनुबन्ध गरेको छ ।
पीएसजीले २२ वर्षिया लिलाई स्पेनिस क्लब रियल मालोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । पीएसजीमा जोडिन पाउनु अविश्वसनीय रहेको उनको भनाइ छ ।
पीएसजीले समर ट्रान्सफरमा अनुबन्ध गरेको लि चौथों खेलाडी हुन् । यसअघि पीएसजीले मिडफिल्डर म्यानुअल उगार्टे, सेन्ट्रल डिफेन्स मिलन स्क्रिनियार र फरवार्ड मार्को एसेन्सियोलाई अनुबन्ध गरेको थियो ।
लिले दक्षिण कोरिबाट १९ म्याच खेलेका छन् । उनले सन् २०२२ को विश्वकप दक्षिण कोरियाबाट खेलेका थिए ।
Categorized in स्पाेर्ट्स