चीनमा समुद्री आँधीको कारण लाखौं विस्थापित
SamacharDesk | २०८० श्रावण २, मंगलबार

चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले तहल्का मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले तहल्का मच्चाएको हो ।
प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् ।
आँधीले ग्रस्त स्थानबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्र सारिएको छ । हाइनान प्रान्तमा सुमद्रको लहर २० फिटसम्म माथि उठेको जनाइएको छ ।
समुद्री आँधीसँगै भारी वर्षा हुँदा हवाई उडानका साथै यातायात अवरुद्ध भएको छ । यो आँधीको प्रभाव भियतनाममा पनि परेको छ ।
भियतनामले पनि ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।
आँधीको प्रभाव मंगलबार साँझ वा भोलिसम्मै रहनसक्ने चिनियाँ मौसम पूर्वानुमान विभागले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय