महानगरले निर्धारण गर्यो पार्किङ शुल्क
SamacharDesk | २०८० श्रावण २, मंगलबार

काठमाडौं महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको छ ।
उपमेयर सुनिता डंगोलले दुइ पाङ्ग्रे सवारी साधनको घण्टाको २५ र चार पाङ्ग्रे सवारी साधनको ७५ रुपैयाँसम्म शुल्क निर्धारण गरेको बताउनुभयो । तर सो शुल्क क्षेत्र अनुसार फरक फरक हुने जनाएको छ ।
महानगरका अनुसार न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ ।
यस क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । क्षेत्र नम्बर १ का स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ ।
यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ ।
अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ्ग शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निशुल्क पार्किङ्गको व्यवस्था हुनेछ ।
यसैबीच महानगरपालिकाले आप्mनो मातहतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई मासिक रुपमा तलबको व्यवस्था गरेको छ ।
स्रोत भर्ना कोषबाट सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुलाई मासिक रुपमा तलब खुवाउने व्यवस्था गरिएको उपमेयर डंगोलले बताउनु भएको छ ।
उहाँका अनुसार सामुदायिक विद्यालयका शिषकहरुले तीन महिनामा एक पटक मात्र तलब दिने संघीय सरकारको व्यवस्था भए पनि महानगरले भने स्रोत भर्ना कोषबाट आप्mनो मातहतका शिक्षकरुलाई मासिक रुपमा नै तलब दिने व्यवस्था गरेको बताउनुभयो ।
Categorized in स्थानीय