arin enterprises

महामन्त्री थापाको ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ प्रस्ताव

SamacharDesk | २०८० श्रावण २, मंगलबार

नेपाली कांग्रेसले पार्टी सदस्यमा वृद्धि गर्न ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान संचालन गर्न महामन्त्री गगन थापाले प्रस्ताव गरेको छ ।

कांगे्रसको आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री सो प्रस्ताव ल्याएको हो । थापाले आउँदो एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउन प्रस्ताव गरेको छ ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्यहरूले असार एक महिना मात्र पार्टीको कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टीका नेता, कार्यकर्ताले त्यो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । पार्टीका सबै दस्तावेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि थापाको प्रस्ताव छ । यसका निम्ति काम भइरहेको उहाँले बताउनुभयो ।

यस्तै, बैठकमा उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नो पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभयो ।

कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको उहाँको भनाई छ ।

उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

Categorized in राजनीति