arin enterprises

ब्राइटनद्वारा चेल्सीको प्रस्तावलाई अस्विकार

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३, बुधबार

ब्राइटनले मिडफिल्डर मोइसिस काइसिडो किन्ने चेल्सीको प्रस्तावलाई अस्विकार गरेको छ ।

प्रिमियर लिग क्लब चेल्सीले इक्वेडरका मिडफिल्डर काइसिडोलाई ७० मिलियन पाउण्डमा किन्नको लागि राखेको दोस्रो प्रस्तावलाई ब्राइटनले अस्विकार गरेको हो ।

इक्वेडरका खेलाडीले गत जनवरीमा ब्राइटनसँग क्लब छाड्ने अनुमती मागेका थिए । अर्को प्रिमियर लिग क्लब आर्सनलले उनीमाथि इच्छा देखाएको थियो ।

ब्राइटनको अस्विकारसँगै काइसिडोले सन् २०२७ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

काइसिडो सन् २०२१ मा ब्राइटन आएका पनि त्यो वर्ष उनले  खेल्न पाएका थिएनन् । उनी सन् २०२१–२२ को सिजनको पहिलो हाफ लोनमा बेल्जियम क्लबमा खेल्न गएका थिए ।

सन् २०२२ मा ब्राइटनले उनलाई फिर्ता बोलाएको थियो । उनले सन् २०२२ को अप्रिलमा ब्राइटनमा डेब्यु गर्दै ५३ खेलमा दुई गोल गरेका छन् ।

ब्राइटनलाई गत सिजन लिगको छैटौं स्थानमा उकाल्दै युरोपा लिगको समुहमा आफ्नो स्थान पक्का गराउन काइसिडोले मुख्य भुमिका निर्वाह गरेका थिए ।

प्रिमियर लिगका अन्य क्लबले समेत इच्छा गरेका काइसिडोलाई अनुबन्धन गर्न चेल्सीले ठुलो इच्छा देखाएको थियो ।

आउँदो सिजनमा चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनसँग नै खेल्दैछ ।

Categorized in स्पाेर्ट्स