रुस–युक्रेन युद्ध एकै दिनमा समाप्त गर्ने ट्रम्पको दाबी
SamacharDesk | २०८० श्रावण ३, बुधबार

संयुक्त राष्ट्र अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमै समाप्त पारिदिने दाबी गरेका छन् ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आफ्नो गहिरो सम्बन्ध रहेको भन्दै एक वर्ष भन्दा लामो समयदेखि चलिरहेको युद्ध एक दिनमा समाप्त पार्ने दाबी गरेका हुन् ।
फेरी सत्तामा आए पुटिनलाई युद्ध रोक्न लगाउने र युद्ध नरोक युक्रेनलाई अमेरिकाले अहिलेसम्म नदिएको सहयोग दिने चेतावनी दिने पनि ट्रम्पको भनाइ छ ।
यस्तै ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युद्ध रोक्न मनाउन त्यस्तै स्मार्ट मान्छेहरु परिचालन गर्नुपर्ने बताए ।
त्यस्तै फ्रेन्च राष्ट्रपति म्यानुएल म्याक्रों पनि निकै स्मार्ट रहेको भन्दै ट्रम्पले अमेरिकाको अहिलेको नेतृत्वलाई कसको के क्षमता हो भन्ने थाहा नभएको आरोप पनि लगाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय