arin enterprises

फिफा महिला विश्वकप २०२३ आजबाट सुरु हुने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ४, बिहिबार

फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबार अर्थात आजबाट सुरु हुँदैछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना फिफा महिला विश्वकप आजबाट हुनलागेको हो ।

महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ भने उद्घाटन खेलमा समूह ए को आयोजक राष्ट्र न्युजिल्याण्ड र नर्वे भिड्ने छन् । न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ ।

आज नै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

यस विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

फाइनल खेल आगामी २० अगस्टको दिन स्टेडियम अष्ट्रेलियामा हुनेछ । 

Categorized in स्पाेर्ट्स