arin enterprises

पोर्चुगलले भियतनामलाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ११, बिहिबार

महिला विश्वकप २०२३ मा पोर्चुगलले आफ्नो पहिलो जित हासिल गरेको छ ।

बिहिबार भएको ‘समूह ई’ खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो ।

न्युजिल्याण्डको एफएमजी स्टेडिय वाइकाटोमा भएको खेलमा पोर्चुगलले दुवै गोल पहिलोे हाफमा गरे ।

खेलको सातौं मिनेटमा तेल्मा एनकार्नाकाओले गोल गर्दै पोर्चुगलले अग्रता लियो ।

२१ औं फ्रांचिस्का नझारेथले गोल गर्दा पहिलो हाफमै पोर्चुगलको अग्रता दोब्बर भयो ।

यहि अग्रतालाई खेलको अन्तिमसम्म जोगाई यस विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरे ।

यो जितसँगै दई खेलमा ३ अंक सहित समूहको तेस्रो स्थानमा छ भने भियतनाम समूहको पुच्छर रहेको छ ।

Categorized in स्पाेर्ट्स