स्टुअर्ट ब्रोडको सन्यास घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १४, आइतबार

इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले सन्यास लिने घोषणा गरेका छन् ।
ब्रोडले जारी एशेज सिरिजको पाँचौं टेस्ट पछि आफ्नो क्रिकेट करियरबाट सन्यास लिने बताएका हुन् ।
ओभलमा जारी पाँचौ तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार राति ब्रोडले यस्तो निर्णय गरेका थिए । उनी टेस्ट इतिहासमा पाँचौं सर्वाधिक विकेट लिने बलरका रुपमा बाहिरिनेछन् ।
ब्रोडले २००६ मा कार्डिफमा पाकिस्तानविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इङ्ल्यान्डमा डेब्यु गरेका थिए । २००७ मा उनले कोलम्बोको एसएससीमा श्रीलङ्काविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।
ब्रोडले टेस्टमा ६ सय टेस्ट विकेट लिएका ब्रोड टेस्टमा विश्वकै दोस्रो सर्वाधिक विकेट लिने तीव्र गतिका बलर हुन् । उनी अघि तीव्र गतिका बलरमा सर्वाधिक विकेट जेम्श एन्डरसनले ६ सय ९० विकेट लिएका छन् ।
ब्रोडले टेस्ट क्रिकेटमा ३ हजार ६ सय ५६ रन समेत बनाएका छन् ।
सन् २००९ पछि उनले हरेक घरेलु एशेज टेस्ट खेलेका छन् । ती २५ टेस्टमा २६ दशमलब ५६ को औसतमा १ सय ४ विकेट लिएका छन् ।
Categorized in स्पाेर्ट्स