arin enterprises

'समूह सी' वाट जापान र स्पेन नकआउट चरणमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १५, सोमबार

स्पेन र जापान महिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । 'समूह सी' मा जापान शीर्ष स्थानमा र स्पेन दोस्रो स्थानमा रहन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

सोमबार भएको 'समूह सी'को खेलमा जपानले स्पेनलाई ४–० ले हराउँदै शान्दार जित हात पारे ।

उक्त खेलमा जापानको लागि हिनाता मियाजावाले दुई गोल गरिन् । उनले खेलको १२ औं र ४० औं मिनेटमा गोल गरेकी थिइन् ।

रिको उएकीले २९ औं र मिना तनाकाले ८२ औं मिनेटमा गोल गरेका थिए  ।

यो जित सँगै जापानले 'समूह सी'मा तीन खेलमा ९ अंक जोड्डै शीर्ष स्थानमा छ ।

यस्तै हारको बाबजुत पनि स्पेनले 'समूह सी'मा तीन खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे ।

यता जाम्बीया र कोस्टारिका भने समूह बाट बहिरिएका छन् । 

Categorized in स्पाेर्ट्स