समूह 'बी' वाट अष्ट्रेलिया र नाइजेरिया दोस्रो चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १६, मंगलबार

अष्ट्रेलिया र नाइजेरिया वुमेन्स वर्ल्डकप २०२३ प्रतियोगिताको नकआउट चरण पुगेको छ ।
अष्ट्रेलिया समूह 'बी' को शीर्ष स्थानमा रहँदै र नाइजेरिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो ।
यसक्रममा सोमबार अष्ट्रेलियाले क्यानाडामाथि ४–० को प्रभावशाली जित निकालेको थियो । यो जितमा हेयलेय रासोले दुई गोल गरिन् । यस्तै म्यारी फाउलर र स्टेफान क्याटलीले एक एक गोल गरे ।
दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सह–आयोजक अष्ट्रेलियालाई जित आवश्यक थियो । अघिल्लो दिन मात्रै आयोजक न्युजिल्यान्ड समूह चरणमै रोकिएको थियो ।
यो जितपछि अष्ट्रेलियाको समूह ‘बी’ मा छ अंक छ ।
सोमबार नै भएको यसै समूहको अर्को खेलमा नाइजेरिया र आयरल्यान्डले गोलरहित बराबरी खेले ।
नाइजेरिया पाँच अंक सहित दोस्रो स्थानमा रह्यो ।
यता क्यानाडाको चार अंक र आयरल्यान्डको एकमा अंकमा सीमित रहि प्रतियोगितावाट बाहिरियको छ ।
Categorized in स्पाेर्ट्स