आईफोन १४ किन्न आफ्नै आठ महिने छोरा बेच्ने पक्राउ
SamacharDesk | २०८० श्रावण १६, मंगलबार

भारतमा एक दम्पतीले आईफोन १४ किन्न आफ्नै आठ महिने छोरा बेचेको खुलेको छ ।
भारतको पश्चिम बंगालको परगना जिल्लामा यो घटना भएको भारतीय संचार माध्यम द इन्डियन एक्सप्रेसले जनाएको हो ।
उक्त घटनामा संलग्न बच्चाको आमा सठि घोष र बच्चा किन्ने प्रियंका घोषलाई पक्राउ गरि बच्चाको उद्धार गरिएको छ ।
ती दम्पतीले आईफोन १४ किनेर दिघा, मन्दरमोनी जस्ता ठाउँ घुम्न र त्यसको इन्स्टाग्राम रिल्स् बनाउन यस्तो काम गरेको बताइएको छ ।
ती दम्पतीसँग धेरै दिनसम्म बच्चा नदेखिएको र त्यसबारे केहि चिन्ता नलिएको पाइएपछि शंका लागेर छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।
निम्न आयस्रोत भएको दम्पतीसँग लाख मुल्यको आइफोन १४ बोकि हिँडेको देखिएपछि छिमेकीहरुको शंखा झनै बढेको थियो ।
प्रहरीका अनुसार शिशुका बाबु जाभेद घोष अहिले फरार छन् ।
प्रहरी अनुसन्धानको क्रममा बुबा घोषले अर्की सात वर्षीय बच्चालाई पनि बेच्न खोजेको, तर योजना पूरा नभएको खुलेको छ ।
Categorized in अपराध