गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त
SamacharDesk | २०८० श्रावण २०, शनिबार

भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारको क्रममा ३ महिने गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ ।
उपचारको लागि पुगेकी भरतपुर महानगरपालिका वडा नंं २६ की ३२ वर्षीया नविना महतोको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । ३ महिने गर्भवती नविना रक्तश्राव भएर अस्पताल आएकी थिइन् ।
नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ भने गएराति १२ बजे डाक्टरले मृतक घोषणा गरेका थिए ।
तनावपछि मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् भने अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।
महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको आरोप लगाएका छन् । अ
स्पतालले उपचारमा वेवास्ता गरेको आरोपमा महतोका परिवार र आफन्तले शव नबुझी अस्पताल घेराउ गरेका छन् ।
उनका अनुसार उनको यो दोस्रो गर्भ हो । महतोको पाँच वर्षकी छोरी छन् ।
Categorized in राष्ट्रिय