संघर्षपूर्ण जितसँगै कोलम्बीया अन्तिम आठमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २३, मंगलबार

महिला विश्वकपमा संघर्षपूर्ण जित निकाल्दै कोलम्बीया अन्तिम आठमा पुगेको छ ।
मंगलबार जमाइकालाई १–०ले हराउँदै कोलम्बीयाले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
मेल्बोर्णमा भएको खेलमा कोलम्बीयालाई जिताउन क्याटालिना उस्मेले निर्णायक गोल गरिन् ।
उनले खेलको ५१ औं मिनेटमा गोल गरेकी थिइन् ।
अब क्वाटरफाइनलमा कोलम्बीयाले इंग्ल्याण्डसँग खेल्ने छ ।
Categorized in स्पाेर्ट्स