सम्पदामाथि नीलबाराही मा.वि.को ज्यादती
SamacharDesk – राम डंगोल | २०८० श्रावण २५, बिहिबार

टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादतीविरुद्ध स्थानीयहरुले विरोध गरेका छन् ।
विद्यालयले बर्षाैंदेखि देवाली पूजा गर्दै आएको प्राचीन कूल देवताको मूर्ति हटाई विद्यालयको भर्याङ राख्न लागेकोमा विरोध गरेका हुन् । विद्यालयलाई भर्याङ राख्न असहज भयो भन्दै मनोमानी ढंगले उक्त कूल देवताका मूर्तिहरु उखेलेर विद्यालयको कपाण्डभित्र यत्रतत्र राखिएको छ ।
सो कुराको केही दिनदेखि स्थानीयवासीहरुले चर्काे विरोध गर्दै आएको छ । सो विषयमा बोल्दै अभियन्ता सुमन साय्मीले स्कूल सबैको लागि चाहिन्छ तर स्कूलको नाममा सम्पदा मास्न नहुने बताउनुभयो ।
देवाली तथा अन्य चाडपर्व तथा दिनहुँ पूजाआजा हुँदै आएको मूर्ति उखेलेर बेवारिसे अवस्थामा यत्रतत्र राखेर हाम्रो पुराना सम्पदाहरुको नास गर्ने खेलमा विद्यालय लागेको स्थानीयहरुको अरोप छ ।
विहीबार पनि उक्त कार्यको श्री नीलबाराही गुथी खलः, सरोकारवालाहरु, स्थानीयवासीहरु तथा अभियन्ताहरुले चर्काे विरोध गरेका छन् ।
चर्काे विरोधपछि विद्यालयका प्रधानाध्यापक डा. जानुका नेपाल पौडेलसँग स्थानीयवासी, सरोकारवालाहसँग भएको वार्तामा वार्तापछि उक्त मूर्तिहरु स्वस्थानमा स्थापना गरिदिने सहमति भएको छ ।
सो विद्यालयलले सार्वजनिक जग्गामा कब्जा गर्न खोजेको यो पहिलो घटना भने होइन विगतमा पनि उक्त विद्यालयले श्री नीलबाराही गुथीको सतललाई भत्काएर स्कूल बनाउन लागेको थियो ।
तर स्थानीय तथा गुथीयारहरुको चर्काे विरोधपछि विद्यालय पछि हटेको थियो ।
