मन्त्रिमण्डल हेरफेर हुने
SamacharDesk – Ram Dangol | २०८० श्रावण २८, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री दाहालले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको हो । माओवादी पार्टीकै भागबाट मन्त्री दिने गरी जनमत पार्टीलाई सरकारमा सामेल गर्न लागिएको बुझिएको छ ।
जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री दाहालले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई भने विदा गर्नुहुने बुझिएको छ ।
दुई जनालाई विदा गरेर जनमत पार्टीलाई एउटा मन्त्रालय दिने र एउटामा माओवादीबाटै नयाँ मन्त्री बनाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
केही मन्त्रीहरुको मन्त्रालय समेत हेरफेर हुनसक्ने बुझिएको छ । प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ ।
Categorized in राजनीति