नेयमार पनि साउदी क्लबमा अनुबन्धित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३०, मंगलबार

ब्राजिलियन स्टार फुटबलर नेयमार साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।
उनले अल हिलालसँग दुई बर्षको सम्झौता गरेका हुन् ।
अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् ।
नेयमारले फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ ।
त्यस्तै अल हिलालले नेयमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए ।
अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।यस्तै अल हिलालले नेयमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने बताएको छ ।
नेयमार लगातारको इन्जुरीका कारण पनि पिएसजीमा पुरा समय खेल्न सकेका थिएनन् ।
पिएसजीमा ६ सिजनमा नेयमार कुनै पनि सिजन पुरा खेल खेल्न सकेका थिएनन् ।
सन् २०१७ मा २ सय २० मिलियन युरोमा पिएसजी गएका नेयमारले अहिलेसम्म १ सय ७३ खेलमा १ सय १८ गोल गरेका छन् ।
जसमा ३ लिग वान, ३ फ्रेन्च सुपर कप, ३ कोपा डे फ्रान्स, २ फ्रान्स लिग कप जितेका थिए ।
Categorized in स्पाेर्ट्स