arin enterprises

७७ औं स्वतन्त्रता दिवस मनाउँदै भारत

SamacharDesk | २०८० श्रावण ३०, मंगलबार

भारतले ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ । मंगलबार मनाउने स्वतन्त्रता दिवसको अवसरमा भारतभर सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

स्वतन्त्रता दिवस कार्यक्रम हुने राजधानी नयाँदिल्लीस्थित लालकिल्लाको वरपर दश हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट मंगलबार बिहान विशेष सम्बोधन गरे ।

मोदी लगातार दशौं पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री हुन् ।

उनले सम्बोधनका क्रममा विशेष घोषणा गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सन् १९४७ अगष्ट १५ तारिखमा बेलायती साम्राज्यको उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

Categorized in अन्तर्राष्ट्रिय