arin enterprises

ट्रम्प दोषी ठहर

SamacharDesk | २०८० श्रावण ३१, बुधबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ ।

जर्जियाको एउटा अदालतले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँधली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जिकिर गरेको छ ।

फुल्टन काउन्टीको ग्रान्ड ज्युरीको तर्फबाट जारी गरिएको ४१–अभियोग पत्रमा ट्रम्पसहित अन्य १८ जनालाई दोषी ठहर गरिएको हो । यो वर्ष ट्रम्पलाई चौथो पटक आपराधिक मामिलाको अभियोग लगाइएको हो ।

यसअघि पनि ट्रम्प र अन्य १८ जनाविरुद्ध दक्षिण पूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो । यद्यपी ट्रम्पले भने सबै घटनाका आरोपहरु अस्वीकार गर्दै आउनु भएको छ ।

ट्रम्पविरुद्ध राज्यको र्याकेटियरिङ ऐन उल्लङ्घन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लङ्घन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेको लगायतका १३ वटा मुद्दा लगाइएको थियो ।

अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे २ वर्षको अनुसन्धानपछि लगाइएको हो ।

फुल्टन काउन्टी ग्राण्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उहाँ र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ ।

यसअघि फुल्टन काउन्टी जिल्ला अधिवक्ता फानी विलिसले २०२१ मा ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए ।

ट्रम्पसंगै अभियोग लगाइएकाहरूको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ लगाएत न्याय विभागका पूर्व अधिकारी पनि छन् ।

Categorized in अन्तर्राष्ट्रिय