arin enterprises

फाइनलमा स्पेनसँग खेल्दै इंग्ल्याण्ड

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३१, बुधबार

इंग्ल्याण्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा आयोजक राष्ट्र अष्ट्रेलियालाई ३–१ ले हराउँदै फाइनलमा पुगेको हो ।

सिड्नीमा भएको खेलको पहिलो हाफको ३६ औं मिनेटमा एला टुनले गोलसँगै इंग्लयाण्डले अग्रता लिए ।

६३ औं मिनेटमा साम केरले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए । लउरेन हेम्पले ७१ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए ।

त्यसपछि एलेसिया रुस्सोले गोल गर्दा इंग्ल्याण्डले खेल ३–१ ले जिते । यो सँगै इग्ल्याण्डले अब फाइनलमा स्पेनसँग खेल्ने छ ।

स्पेन र इंग्ल्याण्ड दुवै पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि इंग्ल्याण्ड सन् २०१५ मा तेस्रो र सन् २०१९ मा चौथो भएको थियोे ।

यस्तै स्पेन भने महिला विश्वकपकै क्वाटरफाइनलमा पहिलो पटक पुगेको हो । आयोजक राष्ट्र अष्टेलियाले  स्वीडेनसँग तेस्रो स्थानको लागि खेल्ने छ ।

तेस्रोस्थानको लागिको खेल अगस्त १९ शनिबार हुने छ भने फाइनल खेल २० अगस्त आइतबार हुने छ ।  

Categorized in स्पाेर्ट्स