arin enterprises

स्वीडेन महिला विश्वकप २०२३को तेस्रो स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २, शनिबार

महिला विश्वकप २०२३ मा स्वीडेनले तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार आयोजक अष्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेनले तेस्रो स्थान हासिल गरेको हो ।

अष्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलको ३० औं मिनेटमा फ्रिडोलिना राल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो ।

कोसोवर असलानीले ६२ औं मिनेटमा गोल गर्दा स्वीडेन २–० ले अघि रह्यो । खेलको बाँकी समय अर्को गोल नहुँदा स्वीडनले यस प्रतियोगीताको कांस्य पदक आफ्नो नाममा गरे ।

योसँगै स्वीडेनले महिला विश्वकपमा चौथौं पटक तेस्रो स्थान हासिल गरेको हो । यसअघि उसले सन् १९९१, २०११ र २०१९ को महिला विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो ।

यस्तै २००३ को महिला विश्वकपमा स्वीडेन दोस्रो स्थानमा परेको थियो ।

यता आयोजक टोली अष्ट्रेलिया स्वीडेनसँग पराजित हुँदै चौथो भएको छ ।

महिला विश्वकपको उपाधिका लागि इङ्ल्याण्ड र स्पेनबीच आईतबार अर्थात भोलि प्रतिस्पर्धा हुनेछ ।

Categorized in स्पाेर्ट्स