रोटरी क्लब भक्तपुरद्वारा अहिलेसम्मकै ठूलो राशीको पुरस्कार कोषको स्थापना
SamacharDesk | २०८० भाद्र ३, आइतबार

रोटरी क्लब अफ भक्तपुरले अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको शैक्षिक पुरस्कार कोषको स्थापना भएको छ ।
क्लबका चार्टर सदस्य जय सुन्दर हाडाका स्वर्गीय पिता नारायणभक्त हाडा तथा माता पुर्णकेशरी हाडाको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ ।
१० लाख राशिको उक्त कोषबाट प्राप्त ब्याजमार्फत हरेक बर्ष रोटरी क्लबको ईन्सटलेसन (पदस्थापन दिवस)को अवसरमा भक्तपुर जिल्ला भरका सामुदायिक तथा निजी स्कुलका छात्र वा छात्रा मध्ये एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने एकजनालाई प्रदान गरिनेछ ।
पुरस्कार नगद १ लाख, चाँदीको पदक र रोटरी क्लब अफ भक्तपुरको सम्मान पत्र प्रदान गर्ने जनाएको छ ।
शनिबार एक कार्यक्रमकाबीच उक्त अक्षयकोष स्थापनाका लागि चार्टड सदस्य हाडा र भक्तपुर रोटरी क्लका अध्यक्ष रोटरियन गंगा लक्ष्मी अवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा रोटरी क्लबका निवर्तमान अध्यक्ष बिनिता हाडा र दाता पक्षका जयसुन्दर हाडाको संयुक्त नाममा मुद्दती खाता खोलि बार्षिक ब्याजबाट पुरस्कार वितरण गरिने सहमति भएको छ ।
एसइइ रोटरी सम्मान ब्यबस्थापनको लागि दाता जयसुन्दर हाडा र उहाँका सुपुत्र सुजन हाडा समेत दुइ जना र तथा रोटरी क्लब भक्तपुरको तर्फबाट निबर्तमान अध्यक्ष बिनिता हाडा प्रधानाङ्ग, पूर्व अध्यक्ष श्री शंकर प्रधानाङ्ग र पूर्व अध्यक्ष राधेश्याम सुवाल समेत ५ जनाको समिति गठन गरि आवसश्यक राय सुझाबका लागि प्रत्येक रोटरी बर्षका अध्यक्ष पदेन सदस्य हुने जनाएको छ ।
पुरस्कार प्रदान गर्न छनोटको लागि भने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरसँग समन्वय गरी भक्तपुर जिल्लाबाट सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने छात्र वा छात्रा एक जना बिद्यार्थीलाई पुरस्कार प्रदान गर्ने क्लबले जनाएको छ ।
Categorized in समाज