arin enterprises

काग खोलाको बाढीले पुरिएको डेढ करोड रुपैयाँ फेला

SamacharDesk | २०८० भाद्र ३, आइतबार

गत साता हिमालपारीको जिल्ला मुस्ताङको काग खेलामा आएकाृ बाढीले पुरिएको डेढ करोड रुपियाँ भन्दा बढी रकम फेला परेको छ ।

आज बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिनुभयो ।

आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

लगातारको वर्षापछि वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ उपल्लो झोङमा पहिरो जाँदा काग खोलामा आएको बाढीले गाउँपालिका–४ कागबेनीमा वडा कार्यालय, प्रहरी चौकी, धर्मशाला, स्कुल तथा सर्वसाधारणको घरमा क्षति पुर्याएको थियो ।

बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको उहाँले बताउनुभयो ।

Categorized in राष्ट्रिय