पूर्वप्रधानमन्त्री सिनावात्रा जेल चलान
SamacharDesk | २०८० भाद्र ५, मंगलबार

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किनुभएको छ ।
मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।
स्वदेश फर्किएलगत्तै उहाँलाई विमानस्थलबाट सिधै सर्वोच्च अदालत लगियो र त्यहाँबाट जेलमा लगिएको थियो । सो क्रममा उहाँले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गर्नुभएको थियो ।
थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । तर उहाँ २००८ देखि भने विदेशमा बस्दै आउनुभएको थियो ।
थाइल्याण्डको अदालतले उहाँलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आउनुभएको छ ।
उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बताउनुभएको थियो ।
थाइल्याण्डका सबैभन्दा सफल निर्वाचित नेता थाक्सिनलाई लामो समयदेखि रूढिवादी शाहीवादीहरूले डराउने गरेका छन्, जसले उहाँलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाहरूलाई समर्थन गरेका छन्।
दुई वर्षअघि सैनिक कूबाट पदच्युत भएपछि उनी सन् २००९ मा स्वयम् निर्वासनमा गएका थिए।
Categorized in अन्तर्राष्ट्रिय