स्टर्लिङको शान्दार प्रदर्शनमा चेल्सी विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ९, शनिबार

चेल्सीले प्रिमियर लिगमा जित दर्ता गरेको छ । शुक्रबार चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनलाई ३–० ले हराएको हो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन फरवार्ड रहिम स्टर्लिङले खेलमा शान्दार प्रदर्शन गरेका थिए ।
उनले खेलमा दुई गोल गर्दा अर्को गोल निकोलस ज्याक्सनले गरे । खेलको १७ औं मिनेटमा स्टर्लिङले चेल्सीलाई अग्रता दिलाएका थिए ।
६८ औं मिनेटमा उनैले चेल्सीको अग्रता दोब्बर बनाए ।
खेलको ७५ औं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई शानदार जित दिलाए ।
यो प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले पहिलो जित दर्ता गरेको हो ।
Categorized in स्पाेर्ट्स