arin enterprises

वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्यष्टि गरिने

SamacharDesk | २०८० भाद्र १०, आइतबार

वरिष्ठ कलाकार सानु ताम्राकारको शनिबार निधन भएको छ ।

शनिबार दिउँसो ३:२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

७४ वर्षका ताम्राकार किड्नीमा समस्या देखिएपछि करिब एक महिनादेखि उपचारमा थिए । ताम्राकारको पार्थिव शरीरलाई आज आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

मिर्गौलामा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए।

उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्महरुमा सफल अभियन गरेका छन् । 

उनी दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुन्।

Categorized in राष्ट्रिय