एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २९, शुक्रबार

एसिया कप २०२३ को उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् ।
बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंका दोस्रो स्थानमा र भारत शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।
समान २ खेलमा ४ अंकमा रहे पनि भारत राम्रो रनरेटका कारण शीर्ष स्थानमा छ ।
साविक विजेता श्रीलंका १३ औं तथा भारत ११ औं पटक फाइनल पुगेका हुन् । भारतले ७ र श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।
सुपर फोरको अन्तिम खेलमा भारतले शुक्रबार बंगलादेशसँग खेल्दैछ ।
यी दुई टोलीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
Categorized in स्पाेर्ट्स