arin enterprises

पीएसजीले डर्टमण्डलाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ३, बुधबार

च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराएको छ ।

पीएसजीले २–० को नतिजाले डर्टमण्डलाई हराएको हो ।

घरेलु मैदानमा ४९ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो ।

आर्चर हाकिमीले ५८ औं मिनेटमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।

ग्रप अफ डेथ मानिएको समूह एफमा पीएसजीले महत्वपुर्ण तीन अंक बटुलेको छ ।

Categorized in स्पाेर्ट्स