arin enterprises

भारतमा महिला आरक्षण विधेयक लाकेसभाबाट पारित

SamacharDesk | २०८० आश्विन ४, बिहिबार

भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो ।

मंगलबार बसेको संसदको लोकसभाबाट पहिलो पटक महिलाका लागि ३३ प्रतिशत राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित गरेको हो ।

लाकेसभाबाट उक्त विधेयक अत्यधिक बहुमतले पास भएको छ । विधेयकको पक्षमा ४५४ र दुई सांसदले विपक्षमा मतदान गरेका थिए ।

सत्तारुढ र लगभग सवै विपक्षी दलहरु महिला आरक्षण विधेयकमा एक ठाउँमा उभिएका हुन् । अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्ने छ ।

मंगलबारदेखि सुरु भएको संसद्को नयाँ भवनमा पहिलो दिन कानुनमन्त्री अर्जुनराम मेघवालले महिला आरक्षणसम्बन्धी विधेयक पेश गरेका थिए ।

यस विधेयकमा महिलालाई संसद र सभामा ३३ प्रतिशत आरक्षण दिने व्यवस्था गरिएको छ । महिला आरक्षणका लागि पेश गरिएको विधेयक १२८औँ संविधान संशोधन विधेयक हो ।

यो कानून लागू गर्न लोकसभा र राज्यसभाले दुई तिहाई बहुमतले यो विधेयक पारित गर्नुपर्नेछ । यसपछि जनगणनापछि सीमांकनको अभ्यास हुनेछ ।

महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तिमा ३३ प्रतिशत सीट आरक्षण हुने छ ।

साथै प्रान्तहरुमा पनि महिलाका लागि ३३ प्रतिशत सिट आरक्षण हुने छ । भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो ।

Categorized in अन्तर्राष्ट्रिय