युरोपा लिगमा लिभरपुलको सुखद सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ५, शुक्रबार

युरोपा लिगमा लिभरपुलले सुखद सुरुवात गरेको छ । बिहीबार राति समूह इ को खेलमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३–१ को सहज जित निकालेको हो ।
पहिलो हाफमा एक गोलले पछि परेको पाहुना टोली लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै पुनरामगन जित निकाल्यो ।
खेलको ५६ औं मिनेटमा डर्विन नुनेजले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई खेलमा फकायो । लुइस डियाजले ६३ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए ।
खेल सकिन दुई मिनेट बाँकी छदा मोहमद सलाहले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए । सलाह वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
त्यसअघि घरेलु टोलीले खेलको १४ औं मिनेटमै फ्लोरियन फ्लिकरको गोलबाट सुरुवाति अग्रता लिएको थियो ।
प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलका लागि युरोपा लिगको ५० खेल जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
समूह इमा लिभरपुलले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स