arin enterprises

विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ५, शुक्रबार

भारतमा हुने आईसीसी एकदिवसिय विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

पाकिस्तानको यस टोलीमा पर्याप्त अनुभवी नामहरू समावेश छन् । बाबरको साथमा ब्याटिङमा फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान, इफ्तिखार अहमद र सलमान आगा छन् । यस्तै मोहम्मद हारिस र मध्यक्रमका ब्याट्सम्यान साउद शकील पनि टोलीमा समावेश छ ।

पाकिस्तानसँग शादाब खान र मोहम्मद नवाज दुई स्पिन बलिङ अलराउन्डर पनि छन् । सलमान आगा र इफ्तिखार अहमद पनि स्पिन बलिङ अलराउन्डरका रुपमा टिममा रहेका छन् ।

पाकिस्तानको तीव्र गति बलिङको नेतृत्व शाहीन शाह अफ्रिदीले गर्नेछन् । उनको साथमा हारिस रउफ, मोहम्मद वसीम र हसन अली रहेका छन् ।

तीव्र गतिका बलर नसीम शाह चोटका कारण आइसीसी पुरुष विश्वकप क्रिकेट टोलीबाट बाहिरिएका छन् । एसिया कपमा भारतविरुद्ध सुपर फोरमा भएको खेलमा घाइते भएका शाहले केही महिना मैदान बाहिर रहने छन् ।

पाकिस्तानले ६ अक्टोबरमा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।

पाकिस्तानको टोली

बाबर आजम (कप्तान), शादाब खान, फखर जमान, इमाम उल हक, अब्दुल्ला शफीक, मोहम्मद रिजवान, सऊद शकील, इफ्तिखार अहमद, सलमान अली आगा, मोहम्मद नवाज, उस्मा मीर, हारिस राउफ, हसन अली, शाहीन शाह अफ्रिदी, मोहम्मद वासिम

Categorized in स्पाेर्ट्स