अब नेपालबाटै फेसबुक र इन्स्टाग्राममा ब्लु टिक लिन सक्ने
SamacharDesk | २०८० आश्विन ५, शुक्रबार

अब नेपालबाटै फेसबुक र इन्स्टाग्राम अकाउन्टका लागि भेरिफिकेसन ब्याज (ब्लु टिक) लिन सकिने भएको छ ।
केही विशेष क्षेत्रमा मात्र उपलब्ध रहेको यो सेवालाई बुधवार बिहानदेखि मेटा कम्पनीले विश्वभर उपलब्ध गराएको हो ।
यसअघि नेपालबाट शुल्क तिरेर भेरिफिकेसन ब्याज लिन सकिने सुविधा थिएन । यो फिचर अन्तर्गत मासिक ७.९९ डलर (करिब एक हजार नेपाली रुपैयाँ) तिरेर ब्लु टिक लिन सकिन्छ ।
यस्तो सुविधा लिने प्रयोगकर्ताको अकाउन्ट फेसबुकले बढी सुरक्षित बनाउनुका साथै शुल्क तिर्ने प्रयोगकर्ताले चाहेको कस्टुमर सपोर्ट पाउने कम्पनीले जनाएका छन् ।
यससँगै कम्पनीले बिजनेस भेरिफिकेसन सुविधाको पनि घोषणा गरेको छ ।
यस अन्तर्गत व्यावसायिक प्रयोजनका लागि फेसबुक प्रयोग गर्ने प्रयोगकर्ताले २२ डलर तिरेर इन्स्टाग्रामको वा ३५ डलर तिरेर फेसबुक र इन्स्टाग्राम दुवैका लागि भेरिफिकसेन ब्याज लिन सक्नेछन् ।
यो सुविधा आगामी साताबाट उपलब्ध हुने अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । यसरी बिजनेस भेरिफिकेसन लिने प्रयोगकर्ताले एक्सक्लुसिभ फिचरहरूमा पहुँच र सपोर्ट पनि पाउनेछन् ।
साथै भेरिफाइ गर्ने प्रयोगकर्ताको पोस्ट रिच बढ्नुका साथै उनीहरूलाई सर्चमा पनि सबैभन्दा अगाडि देखाइने मेटाले जनाएको छ ।
त्यस्ता प्रयोगकर्ताले ह्वाट्सएपमा पनि वेब जस्तै ल्यान्डिङ पेज बनाउन सक्नेछन् ।
यस्तै बिजनेसका लागि मेटा भेरिफिकेसन सुविधा लिने प्रयोगकर्ताले व्यवसाय भएको पुष्टि गर्नुपर्ने बताइएको छ ।
Categorized in विज्ञान-प्रविधी