arin enterprises

१९औं एसियाली खेलकुद प्रतियोगिताको भव्य शुभारम्भ

SamacharDesk | २०८० आश्विन ७, आइतबार

एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को चिनको ह्याङचउ शहरमा भब्य उद्घाटनसहित सुभारम्भ भएको छ ।

चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार भब्य समारोहबिच चिनिया राष्ट्रपति सि जिन पिङले औपचारिक रुपमा उद्घाटन उद्घाटन गर्नुभयो ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन हिजोमात्रै गरिएको हो । एसियाडको औपचारिक उद्घाटन शनिबार गरिएपनि फुटबल, क्रिकेट र भलिबलका खेलहरु चारदिन अघिनै सुरु भईसकेका छन् ।

सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए । एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको आधिकारिक गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो ।

कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल ‘बिग लोटस’को नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही रंगशालामा हुनेछ । चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ ।

यस पटक एसियाडमा ४५ देशका १२ हजार ४१७ खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्दैछन् । सन् १९५१ मा छिमेकी भारतबाट सुरु भएको एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो ।

उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यबाहक अध्यक्ष, विभिन्न देशका राष्ट्रप्रमुखको समेत उपस्थिति रहेको थियो ।

Categorized in स्पाेर्ट्स