क्यानमा नयाँ नेतृत्व चयन
SamacharDesk | २०८० आश्विन ७, आइतबार

नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार र शनिबार भएको क्यानको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नवननिर्वाचित नयाँ नेतृत्वको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध चयन हुनुभएको छ । सचिवमा पारस खड्का निर्वाचित हुनुभएको छ । अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित हुनुभएको हो ।
अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गर्नुभयो भने प्रशान्तले ३७ मत प्राप्त गर्नुभयो । तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएपछि अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्र्याउने चुनौती रहेको बताउनुभएको छ।
क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्नुभएका चन्दले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको हो।
क्रिकेटको ब्यवस्थापनमा आउने चाहनासहित राष्ट्रिय क्रिकेट टोलीबाट सन्यास लिनुभएका पारस क्रिकेटबाट सन्यास लिएको दुई वर्षमै संघको सचिवमा निर्वाचित हुनुभएको छ ।
क्यानको खुल्ला ५ सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द र करन महत्रा क्षेत्री निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल, बागमती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा, सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट र मधेश प्रदेशबाट माधव कर्माचार्य निर्वाचित हुनुभयो ।
Categorized in स्पाेर्ट्स