arin enterprises

केनको ह्याट्रिकसँगै बायर्नको शानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ७, आइतबार

जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले भीएफएल बोचुमलाई ७–० गोल अन्तरले हराउँदै शानदार जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नको लागि ह्यारी केनले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो गोल गरेका थिए। 

५४ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका उनले खेल सकिन दुई मिनेट अघि गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलमा अग्रता भने बायर्नले चौथों मिनेटमा चापो मोटिङको गोलबाट लिएको थियो । डि लिट, लिरो साने र मेथिस टेलले बायर्नका लागि समान एक एक गोलको योगदान दिए ।

यो जितसँगै बुन्डेसलिगामा यस सिजन आफ्नो अपराजित यात्रालाई समेत कायमै राखेको छ । 

बुन्डेसलिगामा ५ खेलबाट १३ अंक जोडेको बायर्न तालिकाको शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स