arin enterprises

प्रिमियर लिगमा म्यानसिटीको सहज जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ७, आइतबार

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार नोटिङघम फोरेस्टलाई २–० ले हराउँदै  सहज जित निकालेको हो ।

इतिहाद मैदानमा १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन फिल फोडिन र इर्लिङ हालाण्डले गोल गरेका थिए ।

यी दुवै गोल सिटिले पहिलो हाफमै गरेको थियो । सिटिको लागि फोडिनले खेलको सातौं मिनेटमा दिलाएको अग्रतालाई १४ औं मिनेटमा हालान्डले दोब्बर बनाएका थिए ।

खेलको सुरुवातमै गरेको दुई गोल नै सिटीलाई जित दिलाउन पर्याप्त रह्यो ।

यस्तै दोस्रो हाफको सुरुवातमा रोड्री रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।

यो जित सहित सिटीले ६ खेलबाट १८ अंक बटुल्दै लिगमा ५ अंकको अग्रता लिएको छ ।

फोरेस्टको ६ खेलबाट ७ अंक छ ।

Categorized in स्पाेर्ट्स