arin enterprises

रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ८, सोमबार

स्पेनिस ला लिगमा रियल म्याड्रिडले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

आईतबार राति भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडसँग ३–१ ले पराजित भएपछि रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।

एट्लेटिकोलाई जिताउन अल्भारो मोराटाले दुई गोल गर्दा एन्टोनी ग्रिजम्यानले एक गोल थपे । रियलको लागि टोनी क्रुसले एक गोल फर्काएका थिए ।

खेलमा अग्रता घरेलु टोली एट्लेटिकोले चौथों मिनेटमा मोराटाको गोलमा लिएको थियो । ग्रिजम्यानले १८ औं मिनेटमा ग्रिजम्यानको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

३५ औं मिनेटमा रियलका लागि क्रुजले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरे । तर दोस्रो हाफ लगत्तै ग्रिजम्यानले गोल गर्दा खेलको नतिजा ३–१ भएको थियो ।

अन्तिम समयसम्म अरु गोल नहुँदा खेल एट्लेटिकोले जित्यो ।

यो जितसँगै एट्लेटिकोले ५ खेलबाट १० अंक जोड्डै लालिगाको तालिकाको दोस्रो स्थानमा छ ।

रियल १५ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना १६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स