arin enterprises

पीएसजीको शानदार जित, एम्बाप्पे घाइते

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ८, सोमबार

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । आईतबार राति घरेलु मैदानमा पीएसजीले मार्सेलीमाथि ४–० को जित निकालेको हो ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा आर्चफ हाकिमीले खेलको चौथौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

रान्डल कोलो मुआनीले ३७ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई दोब्बर अग्रताले अघि रखे ।

दोस्रो हाफको सुरुवातमै गोन्कालो रामोसले गोल गर्दा पीएसजीको अग्रता ३–० भयो । ८९ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरे ।

त्यसअघि केलियन एमबाप्पेले घुँडामा चोट बोकेका थिए । एमबाप्पेले चोट बोकेपछि उनको विकल्पमा रामोसलाई मैदानमा छिराएको थियो ।   

चोटका कारण अक्टोबर ४ मा च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्ध खेलमा एमबाप्पे उत्रने सम्भावना कमजोर बनेको छ ।

यो जित सहित पीएसजी ६ खेलमा ११ अंक सहित लिग वान तालिकाको दास्रो स्थानमा छ ।

समान खेलमा शीर्ष स्थानको ब्रेस्टको १३ र दोस्रो स्थानको नाइसको १२ अंकरहेको छ ।

पीएसजीसँग हारेका मार्सेली  ९ अंक सहित तालिकाको सातौं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स