काराबाखमा इन्धन डिपो विस्फोट हुँदा २० को मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ९, मंगलबार

नागोर्नो काराबाखमा इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार अजरबैजानको सैनिक कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरु उक्त क्षेत्रबाट भाग्ने क्रममा यस्तो घटना भएको हो ।
विस्फोटका कारण झण्डै ३ सय मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको तर तिनको परिचय नखुलेको जनाएका छन् ।
आर्मेनियाका अधिकारीहरुले २ सय ९० जनाभन्दा बढी घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
थप सात जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ भने साथै तीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताएको छ ।
१० महिनादेखि इन्धन आपूर्तिमा अजरबैजानको अवरोधका बीच उक्त डिपोमा इन्धन लिन लामबद्ध भएका उपभोक्ताहरू मारिएको आशंका गरिएको छ ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले यस क्षेत्रमा जातीय सफाया भइरहेको भन्दै उक्त घटनाप्रति दुख व्यक्त गरेका छन् ।
यस्तै नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली नागरिकहरु अजरवैजानको सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति शरण खोज्दै येरेभानमासयौंले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए ।
यस्तै अजरबैजानले भने आदिवासी अर्मेनियनहरूलाई समान नागरिकता दिएर पुनर्मिलन गराउन चाहिएको जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय