म्यानसिटिलाई हराउँदै न्युक्यासल चौथौ चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ११, बिहिबार

न्युक्यासलले म्यानचेस्टर सिटीलाई हराउँदै इएफएल कपको चौथौ चरणमा प्रवेश गरेको छ ।
बुधबार भएको तेस्रो चरणको खेलमा न्युक्यासलले सिटीलाई १–० ले स्तब्ध बनाएको हो ।
घरेलु मैदानमा न्युक्यासलको लागि अलेक्जेन्डर इसाकले विजयी गोल गरेका थिए । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।
न्युक्यासल पछिल्ला ४ खेलमा पराजित छ ।
लगातार तीन खेलको हारको नतिजापछि न्युक्यासलले पुन लय समातेको हो ।
पहिलो हाफमा घरेलु टोलीमाथि दबाब बनाएका सिटीका जुलियर अल्भारेजले दुई राम्रा अवसरलाई खेल फालेका थिए ।
Categorized in स्पाेर्ट्स