“मुटुको प्रयोग गरौं, मुटुबारे जानौ”
SamacharDesk | २०८० आश्विन १२, शुक्रबार

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाईंदै आएको छ ।
यो बर्ष “युज हार्ट नो हार्ट” अर्थात् (मुटुको प्रयोग गरौं, मुटुबारे जानौ)भन्ने नारा सहित नेपालमा पनि यो दिवश विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
प्रत्येक वर्ष करिब २ करोड मानिसले हृदयाघातलगायत विभिन्न मुटु सम्बन्धी रोगका कारणमात्रै ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यसैले पनि मुटु रोगलाई नम्बर एक हत्यारा रोगकारूपमा लिइन्छ ।
सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुख मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार मुटुरोगले विश्वमै सबभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ। संसारभर हरेक वर्ष १ करोड ७९ लाख मानिसहरू मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। मुटुरोग अन्तर्गत हरेक पाँचमध्ये चार जनाको हृदयाघातका कारण मृत्यु हुने गरेको छ।
व्यस्त, अनि तनावपूर्ण जीवनशैली, अशुद्ध एवं अत्यधिक प्याकेट खानेकुराको प्रयोगलगायतका कारण दिनप्रतिदिन मुट रोगको सम्भावित जोखिम बढ्दै गएको पाइन्छ ।
यसैले स्वस्थ खानेकुरा र दैनिक व्यायाममा ध्यान दिनसके करिब ८० प्रतिशतसम्म मुटु सम्बन्धी रोगको नियन्त्रण गर्न सकिने पनि चिकित्सकहरु बताउँछन् ।
हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसंग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ अनि गतिशिलताका लागि पर्याय छ ।
विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो ।
यस दिन हृदय रोगीहरु, उपचार प्रदायकहरु, जनचेतकहरु, सञ्चार माध्यमहरु असन जनमानसहरु एकै थलोमा भेला भएर मुटुलाई रक्षागर्ने कुराहरु अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् ।
Categorized in राष्ट्रिय